काठमाडौंबाट चीनको छेन्दु सिधा उडान पुनः सुरू

काठमाडौं । काठमाडौंबाट चिनियाँ शहर छेन्दु पुनः सिधा हवाई सेवा सुरू भएको छ । कोरोना महामारीका कारण रोकिएको यस रुटमा फेरि झन्डै साढे २ वर्षपछि सिधा उडान सुरू भएको हो ।

 

नेपालस्थित चिनियाँ दूतावासले छेन्दु–काठमाडौ–छेन्दु रुपमा उडान सुरु भएको जानकारी गराएको छ । यो रुटमा चिनियाँ कम्पनी एयर चाइनाले उडान सुरू गरेको हो ।

 

एयर चाइनाले यो रुटमा साताको एक उडान (आइतबार) गर्ने गरी अनुमित लिएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।

'प्लस टू'का विद्यार्थीलाई अन्नपूर्ण केबलकारमा ५० प्रतिशत छुट Read Previous

'प्लस टू'का विद्यार्थीलाई अन्नपूर्ण केबलकारमा ५० प्रतिशत छुट

दोर्दी खोला जलविद्युतको आइपीओ भर्ने आज अन्तिम दिन Read Next

दोर्दी खोला जलविद्युतको आइपीओ भर्ने आज अन्तिम दिन