दोर्दी खोला जलविद्युतको आइपीओ भर्ने आज अन्तिम दिन

काठमाडौं । दोर्दी खोला जलविद्युत कम्पनी लिमिटेडको प्राथमिक साधरण सेयर (आइपीओ)मा आवेदन दिने आज अन्तिम दिन रहेको छ ।

 

कम्पनीले जेठ २६ गतेदेखि विक्रीमा ल्याएको प्रतिकित्ता १०० अंकित दरले २१ करोड ९५ लाख ५० हजार ९०० रुपैयाँ बराबरको २१ लाख ९५ हजार ५०९ कित्ता साधारण सेयरमा आवेदन दिने अन्तिम दिन हो ।

 

निष्काशित कुल सेयरमध्ये ६५ हजार ८६५ कित्ता सेयर (३ प्रतिशत)कम्पनीका कर्मचारीहरुका लागि र १ लाख ९ हजार ७७५ कित्ता (५ प्रतिशत)सेयर सामूहिक लगानी कोषहरुलाई छुट्याइएको छ । बाँकी २० लाख १९ हजार ८३९ कित्ता सेयरमा सर्वसाधरणले आवेदन दिन पाउने छन् ।

 

लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतममा १ लाख कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । कम्पनीको आइपीओमा लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सम्पूर्ण बैंक तथा वित्तीय संस्थाहरुबाट आवेदन दिन सक्नेछन्। यसका साथै मेरो सेयर एप वा वेबसाइटमार्फत पनि आवेदन दिन सकिनेछ।

 

कम्पनीको सेयर निष्काशन तथा विक्री प्रबन्धक सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ। कम्पनीको आइपीओलाई रेटिङ एजेन्सी इक्रा नेपाले ‘इक्राएनपी आइआर डबल बी माइनस’ रेटिङ दिएको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्दछ।

काठमाडौंबाट चीनको छेन्दु सिधा उडान पुनः सुरू Read Previous

काठमाडौंबाट चीनको छेन्दु सिधा उडान पुनः सुरू

पिपुल्स पावरले असार ८ गतेदेखि आइपीओ निष्काशन गर्ने Read Next

पिपुल्स पावरले असार ८ गतेदेखि आइपीओ निष्काशन गर्ने