काठमाडौं । पोखरास्थित अन्नपूर्ण केबलकार प्रालिले विद्यार्थीलाई टिकट शुल्कमा ५० प्रतिशत छुट दिने भएको छ । कम्पनीले प्लस टूका विद्यार्थीलाई केबलकारको टिकटमा ५० प्रतिशत छुट दिने भएको हो ।
उक्त छुट पाउनका लागि विद्यार्थीले प्रवेशपत्र देखाउनु पर्नेछ । यो अफर यही असार ३ गते (जुन १७ तारिख)सम्म मात्र लागू हुने कम्पनीले जनाएको छ ।
कम्पनीले यसअघि एसईईका विद्यार्थीका लागि पनि यस्तै अफर ल्याएको थियो । कम्पनीले गत महिनाबाट केबलकार चढ्न जाने यात्रुको सुविधाका लागि निःशुल्क बस सेवा समेत संचालनमा ल्याएको छ ।
केबलकार स्टेशन रहेको सेदीबगरसम्म पुग्नका लागि कम्पनीले पोखराका विभिन्न स्थानबाट निःशुल्क बस सेवा सञ्चालनमा ल्याएको हो ।