सूर्या लाइफ इन्स्योरेन्सको बिजनेश बिल्डिङ सेमिनार सम्पन्न

काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्सले वाग्मती प्रदेश स्तरीय बिजनेश बिल्डिङ सेमिनार सम्पन्न भएको छ ।

 

वाग्मती प्रदेश प्रमुख शुशिल चापागाईंको सभपतित्वमा आयोजित उक्त कार्यक्रममा वाग्मती प्रदेशका ३०० भन्दा बढी आभिकर्ताहरू सहभागी थिए ।

 

कार्यक्रममा २०२३ को एमडीआरटीहरूलाई सम्मान गर्दै, चौथो त्रैमासिकको हालसम्म वाग्मती प्रदेश अन्तर्गत आफनो व्यक्तिगतकोडमा अधिकतम बीमाशुल्क हसिल गर्न सफल २५ जना अभिकर्ताहरूलाई सम्मान गरिएको थियो ।

 

साथै देशैभरीबाट बैशाख महिनाको स्कीममा पर्न सफल अभिकर्ताहरूबाट लक्की ड्र गरी ३ जना भाग्यशाली विजेताहरूको घोषणा गरिएको थियो । लक्की ड्रमा भैरहवा शाखाबाट शोभा जिसिले प्रथम पुरस्कार ल्यापटप, दमक शाखाबाट नितु गौतमले द्वीत्तीय पुरस्कार ट्याब्लेट, वालिङ शाखाबाट रंन्जिता बुढाथोकीले तृत्तीय पुरस्कार मोबाइल जित्न सफल भएका थिए ।

 

जीवन बीमा क्षेत्रमा अभिकर्ता पेशालाई थप प्रभावकारी, व्यावसायिक र मर्यादित बनाउने अभियान स्वरुप सूर्या लाइफले “मेरो पहिलो पोलिसी” अभियान सुरु गरेको छ । जस अन्तर्गत, अभिकर्ताले हासिल गरेको आफ्नो पहिलो पोलिसी यादगार रहोस भन्ने कामना सहित नयाँ अभिकर्ताहरूलाई सम्मान गरिएको थियो ।

 

सम्पूर्ण विजेताहरूलाई कम्पनीका प्रमुख कार्यकारी अधिकृत पवनकुमार खड्काले सम्मान गर्नुका साथै प्रमाण पत्र, मायाको चीनो र पुरस्कार वितरण गरेका थिए ।

 

वाग्मती प्रदेश प्रमुख शुशिल चापागाईं, वरिष्ठ सहायक महाप्रबन्धक नरोत्तम ढकालले बीमा बजारको हालको अवस्था, चुनौती र समाधानका साथै मार्केटिङ सम्बन्धि तलिमहरू दिएका थिए । प्रमुख कार्यकारी खड्काले कुनै पनि व्यावसायमा सफल हुन निरन्तरता, धैर्यता र लगनशीलता ३ महत्वपूर्ण मन्त्र रहेको बताए ।

 

उक्त कार्यक्रमबाट आफुले गरिरहेको भन्दा पृथक मार्केटिङ टेक्निक र ज्ञान हसिल गरेको र यसले आगामी दिनमा व्यवसाय बृद्धिको लागि थप उर्जा र उत्साह मिलेको कुरा त्यहाँ उपस्थित अभिकर्ताहरूले बताए ।

 

नेप्सेमा नेरुडे लघुवित्तको बोनस सेयर सूचीकृत Read Previous

नेप्सेमा नेरुडे लघुवित्तको बोनस सेयर सूचीकृत

'प्लस टू'का विद्यार्थीलाई अन्नपूर्ण केबलकारमा ५० प्रतिशत छुट Read Next

'प्लस टू'का विद्यार्थीलाई अन्नपूर्ण केबलकारमा ५० प्रतिशत छुट