चरम आर्थिक संकट भोगिरहेको श्रीलंकाले रूससँग इन्धन किन्ने

कोलम्बो । चरम आर्थिक संकट सामना गरिरहेको श्रीलंकाले रूससँग इन्धन खरिद गर्न आफू बाध्य हुनसक्ने बताएको छ ।

 

एशोसिएटेड प्रेससँगको अन्तर्वार्तामा प्रधानमन्त्री रनिल विक्रमसिङ्घेले अन्य स्रोतबाट इन्धनको जोहो गर्ने आफ्नो प्रयत्न हुने जनाउँदै उनले रूसी तेल खरिद गर्न आफू खुला रहेको बताएका छन् ।

 

युक्रेन आक्रमणको विरोधमा पश्चिमा राष्ट्रले मस्कोमाथि कडा प्रतिबन्ध लगाएर उसबाट ऊर्जा आयात बन्द गरेका बेला प्रधानमन्त्री विक्रमसिङ्घेले रूसी तेल किन्न आफू खुला रहेको बताएका हुन् ।

 

बाह्य ऋण बढिरहेको भए पनि उनले चीनबाट थप आर्थिक सहयोग प्राप्त गर्न आफू इच्छुक रहेको बताएका छन् । आफ्नै कारणले आर्थिक सङ्कट सामना गरिरहेको श्रीलंकालाई युक्रेन युद्धले अझ प्रभावित पारेको बताउँदै आफ्नो देशले आगामी दुईवर्षसम्म गम्भीर खाद्यान्न अभाव झेल्नुपर्ने सम्भावित परिस्थितिप्रति चिन्ता व्यक्त गरे ।

 

विदेशीमुद्रा सञ्चिति लगभग रित्तिएको श्रीलंकालाई आर्थिक सङ्कटबाट पार लगाउन राष्ट्रपति गोटावाया राजपाक्षले प्रधानमन्त्री नियुक्त गरेका विक्रमसिङ्घे अर्थमन्त्री पनि हुन् । एपी

टेस्लाले सेयर ‘स्प्लिट’ गर्ने, १ कित्ताको कति बनाइँदै छ ? Read Previous

टेस्लाले सेयर ‘स्प्लिट’ गर्ने, १ कित्ताको कति बनाइँदै छ ?

मुस्ताङ र डोल्पा जोड्ने सडक निर्माण तीव्र Read Next

मुस्ताङ र डोल्पा जोड्ने सडक निर्माण तीव्र