टेस्लाले सेयर ‘स्प्लिट’ गर्ने, १ कित्ताको कति बनाइँदै छ ?

काठमाडौं । अमेरिकी विद्युतीय कार निर्माता कम्पनी टेस्लाले स्टक स्प्लिट (सेयर खण्डीकरण) गर्ने भएको छ । सेयर स्प्लिट गर्न कम्पनी संचालक समितिले गरेको निर्णय टेस्लाले अमेरिकाको धितोपत्र बजार नियामकलाई बुझाएको हो ।

 

टेस्लाले नियामकलाई बुझाएको प्रतिवेदन अनुसार १ कित्ता सेयर स्प्लिट गरी ३ कित्ता बनाइने छ । अर्थात् हाल टेस्लाको १ कित्ता सेयर भएका सेयरधनीको स्प्लिटपछि ३ कित्ता सेयर हुनेछ ।

 

टेस्लाले २ वर्षपछि फेरि सेयर स्प्लिट गर्न लागेको हो । यसअघि सन् २०२० अगस्टमा सेयर स्प्लिट गरी १ कित्तालाई ५ कित्ता बनाइएको थियो ।

 

स्टक स्प्लिट गर्ने सञ्चालक समितिको निर्णय आगामी अगस्टमा हुने वार्षिक साधारण सभाबाट पारित गर्ने टेस्लाको योजना रहेको छ । सभाबाट सेयरधनीहरुले पारित गरपछि मात्र स्टक स्प्लिट हुनेछ ।

 

शुक्रबार टेस्लाको सेयर प्रतिकित्ता ६९६ अमेरिकी डलरमा कारोबार भई क्लोजिङ भएको छ । सोही क्लोजिङका आधारमा स्टक स्प्लिट भएमा भाउ घटेर प्रतिकित्ता २३२ डलरमा आउनेछ ।

 

विश्वकै सबैभन्दा धनी व्यक्ति समेत रहेका हाल टेस्लाको प्रमुख कार्यकारी अधिकृत एलन मस्कसँग कम्पनीको २३.५५ प्रतिशत सेयर स्वामित्व छ ।एजेन्सी 

एउटा कोठाबाट सुरु भएको आइएमईले भित्र्याउँछ १ खर्ब  रेमिट्यान्स Read Previous

एउटा कोठाबाट सुरु भएको आइएमईले भित्र्याउँछ १ खर्ब  रेमिट्यान्स

चरम आर्थिक संकट भोगिरहेको श्रीलंकाले रूससँग इन्धन किन्ने Read Next

चरम आर्थिक संकट भोगिरहेको श्रीलंकाले रूससँग इन्धन किन्ने