मोरङको गछियामा सिभिल बैंकको नयाँ एक्सटेन्सन काउन्टर

काठमाडौं । सिभिल बैंकले मोरङको सुन्दरहरैँचा नगरपालिका–३, गछियामा नयॉ एक्सटेन्सन काउन्टर संचालनमा ल्याएको छ । उक्त एक्सटेन्सन काउन्टरको उद्घाटन शुक्रबार राष्ट्रिय सभा सदस्य रमेशजंग रायमाझीेले गरे ।

 

एक्सटेन्सन काउन्टर स्थापनसँगै अब त्यस क्षेत्रका सेवाग्राहीहरुले आफ्नो सम्पूर्ण बैंकिङ कारोबारहरु सजिलैसंग गर्न सक्ने बैंकले जनाएको छ ।

 

उक्त एक्सटेन्सन काउन्टरको उद्घाटन समारोहमा प्रमुख अतिथि रायमाझी, उद्योग संगठन मोरङका उपाध्यक्ष भोलेश्वर दुलाल, सिभिल बैंकका कायम मुकायम प्रमुख संचालन अधिकृत युवराज गुरागाईँ, प्रदेश नं. १ का प्रमुख राजेश ढकाल लगायत सो क्षेत्रका राजनैतिक व्यक्तित्वहरु, उद्योगी, व्यवसायी, गन्यमान्य व्यक्ति, मिडियाकर्मीहरु तथा सर्वसाधरणको उपस्थिति थियो ।

 

बैंकले हाल देशभरका ११५ शाखा, १२ एक्सटेन्सन काउन्टर, ९७ एटीएममार्फत बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।

आज तीन हाइड्रोपावरको विद्युत् उत्पादन बन्द हुने Read Previous

आज तीन हाइड्रोपावरको विद्युत् उत्पादन बन्द हुने

रेमिटेन्स सचेतनाका लागि आइएमईको प्रभातफेरी Read Next

रेमिटेन्स सचेतनाका लागि आइएमईको प्रभातफेरी