रेमिटेन्स सचेतनाका लागि आइएमईको प्रभातफेरी

काठमाडौं । आइएमईले आफ्नो २२औँ वार्षिकोत्सवका अवसरमा शनिबार विहान प्रभातफेरी कार्यक्रम सम्पन्न गरेको छ ।

 

केन्द्रीय कार्यालय पानीपोखारीबाट सुरू भएको प्रभातफेरी लैनचौर, उत्तरढोका, बालुवाटार हुँदै पुनः केन्द्रीय कार्यालयमा आई समापन गरिएको थियो ।आइएमईले रेमिटेन्स सचेतना जगाउने उद्देश्यले यो प्रभातफेरी कार्यक्रमको आयोजना गरेको जनाएको छ ।

 

आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकाल र प्रबन्ध निर्देशक हेमराज ढकालले नेतृत्व गरेको उक्त प्रभातफेरी कार्यक्रममा रेमिटेन्स सचेतना सम्बन्धि नारा अंकित प्लेकार्ड बोकेका ग्रुपमा कार्यरत सयौँ कर्मचारीहरूको सहभागिता रहेको थियो ।

 

हरेक वर्ष जेठ २९ मा आइएमईले आफ्नो स्थापना दिवस मनाउँदै आएको छ । आइएमईले हाल देशका सहरी तथा ग्रामीण गरी २२५ आइएमई सेन्टर सहित ७७ जिल्लाका करिब १२ हजार सव एजेन्ट र बैंक तथा वित्तीय संस्थाका शाखामार्फत् रेमिट्यान्स सेवा प्रदान गर्दै आएको छ ।

मोरङको गछियामा सिभिल बैंकको नयाँ एक्सटेन्सन काउन्टर Read Previous

मोरङको गछियामा सिभिल बैंकको नयाँ एक्सटेन्सन काउन्टर

त्रिभुवन विमानस्थलमा नयाँ टर्मिनल भवन बनाइँदै, शिलान्यास गरियो Read Next

त्रिभुवन विमानस्थलमा नयाँ टर्मिनल भवन बनाइँदै, शिलान्यास गरियो