आज तीन हाइड्रोपावरको विद्युत् उत्पादन बन्द हुने

काठमाडौं । आइतबार तीन वटा जलविद्युत् आयोजनाको विद्युत् उत्पादन बन्द भएको छ । लमजुङमा सञ्चालित  ५० मेगावाटको माथिल्लो मस्र्याङ्दी, ७० मेगावाटको मध्यमस्र्याङ्दी र ३० मेगावाटको न्यादी जलविद्युत्‌गृह विद्युत् उत्पादन बन्द भएको हो ।

 

ती विद्युत्‌गृहबाट आइतबार बिहान ६ बजेदेखि साँझ ६ बजेसम्म विद्युत् उत्पादन बन्द भएको छ । गत असार १९ मा आएको बाढीले ढालेको लमजुङको राइनास नगरपालिका-८, माझीगाउँस्थित ९ नम्बर टावर ढालेको थियो । अहिले सो ठाउँमा नयाँ टावर निर्माण गरिएकाले त्यहाँ तार टाँग्नका लागि प्रसारण लाइन बन्द गरिएको हो ।

 

प्रसारण लाइन सटडाउन भएपछि उक्त लाइनमा जोडिएका विद्युतगृहबाट विद्युत् उत्पादन बन्द हुने छ । तीन जलविद्युत् आयोजनाबाट करिब १५० मेगावाट विद्युत् उत्पादन बन्द हुने भएपछि प्राधिकरणले वैकल्पिक व्यवस्था गरी उपभोक्तालाई विद्युत आपूर्ति गर्ने छ।

फोहोरबाट मोहर : धरान मोडल अपनाए काठमाडौंको फोहोरबाट ४ अर्ब आम्दानी हुने ! Read Previous

फोहोरबाट मोहर : धरान मोडल अपनाए काठमाडौंको फोहोरबाट ४ अर्ब आम्दानी हुने !

मोरङको गछियामा सिभिल बैंकको नयाँ एक्सटेन्सन काउन्टर Read Next

मोरङको गछियामा सिभिल बैंकको नयाँ एक्सटेन्सन काउन्टर