बालेनको अभियानले सार्थकता पाउँदै, नबिल बैंकका यी १८ शाखामा निःशुल्क शौचालय

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहको निजी क्षेत्रमा पनि निःशुल्क सार्वजनिक शौचालय उपलब्ध गराउने अभियानले सार्थकता पाउँदै गएको छ ।

 

जेठ १६ गते पदभार सम्हालेसँगै निजी क्षेत्रसँग सहकार्य गर्दै सार्वजनिक शौचालय संचालन गर्ने निर्णय गरेका थिए । त्यसपछि विभिन्न कर्पोरेट हाउस, बैंक तथा वित्तीय संस्थाहरुले पनि धमाधम आफ्नो शौचालय निःशुल्क रुपमा उपलब्ध गराउने घोषणा गरेका छन् ।

 

यसैबीच, नबिल बैंकले काठमाडौंको १८ वटा शाखामा सार्वजनिक शौचालय सञ्चालनमा ल्याएको छ । बुधबारदेखि काठमाडौं महानगर र नबिल बैंकबीच बैंकको शौचालय सञ्चालन ल्याउने सहमति भएको हो ।

 

केन्द्रीय कार्यालय दरबार मार्ग तीनधारा, क्षेत्रपाटी मार्ग, चावहिल, ज‍ोरपाटी, महाराजगन्ज, नयाँ बानेश्वर, मैतीदेवी कम्प्लेक्स, कुलेश्वर, कान्तिपथ, रोयल कम्प्लेक्स बसुन्धारा चौकी, अनामनगर, सिनामंगल, कलंकी भटभटेनी, धुम्बाराही, धर्मपथ न्युरोड, कालीमाटी र शंखमूलस्थित बैंकमा सर्वसाधारणले निःशुल्क शौचालय गर्न पाउनेछन्।

 

शौचालयको मर्मत सम्भार, सरसफाइ, पानीको व्यवस्था बैंकले नै गर्नेछ ।

सेयर बजारका समस्या समाधान गर्न अर्थ मन्त्रालयद्धारा समिति गठन Read Previous

सेयर बजारका समस्या समाधान गर्न अर्थ मन्त्रालयद्धारा समिति गठन

नेप्सेमा उच्च अंकको कमब्याक, यी हुन् धेरै मूल्य बढ्ने १५ कम्पनी Read Next

नेप्सेमा उच्च अंकको कमब्याक, यी हुन् धेरै मूल्य बढ्ने १५ कम्पनी