सेयर बजारका समस्या समाधान गर्न अर्थ मन्त्रालयद्धारा समिति गठन

काठमाडौं । सरकारले पूँजी बजारमा देखिएका समस्या समाधान गर्न एक समिति गठन गरेको छ । पछिल्लो केही महिना यता सेयर बजार निरन्तर घटेपछि देखिएका समस्या समाधान गर्न भन्दै अर्थ मन्त्रालयले एक समिति गठन गरेको हो ।

 

अर्थमन्त्री जनार्दन शर्माले नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमाल र नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई मन्त्रालय डाकेर समस्या समाधानका लागि समिति गठन गरेका हुन् ।

 

अर्थमन्त्री शर्माले बुधबार नेपाल धितोपत्र बोर्डको ३० औं वार्षिकोत्सवमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै पूँजी बजारको समस्या समाधान गर्न ४ सदस्यीय समिति बनाइएको जानकारी दिए ।

 

उनका अनुसार धितोपत्र बोर्डका कार्यकारी निर्देशक संयोजकत्वमा समिति गठन गरिएको हो । समितिका सदस्यमा राष्ट्र बैंक, अर्थमन्त्रालय र धितोपत्र बोर्डबाट अर्को एक जना प्रतिनिध रहनेछन् ।

 

समिति गठन भए पनि सदस्यहरुको नामवली टुंगो लागेको छैन । राष्ट्र बैंक, मन्त्रालय र बोर्डले नाम पठाएपछि समितिले औपचारिक रुपमा काम सुरु गर्नेछ ।

 

३ वर्षमा बन्नुपर्ने कालीगण्डकी पुल १० वर्षमा पनि बनेन, अझै २० प्रतिशत काम बाँकी Read Previous

३ वर्षमा बन्नुपर्ने कालीगण्डकी पुल १० वर्षमा पनि बनेन, अझै २० प्रतिशत काम बाँकी

बालेनको अभियानले सार्थकता पाउँदै, नबिल बैंकका यी १८ शाखामा निःशुल्क शौचालय Read Next

बालेनको अभियानले सार्थकता पाउँदै, नबिल बैंकका यी १८ शाखामा निःशुल्क शौचालय