नेप्सेमा उच्च अंकको कमब्याक, यी हुन् धेरै मूल्य बढ्ने १५ कम्पनी

काठमाडौं । सेयर बजारमा उच्च अंकको कमब्याक भएको छ । गत सोमबारदेखि लगातार ओरालो लागेको नेप्सेमा आज उच्च अंकको बढोत्तरी भएको हो ।

 

पछिल्ला ७ कारोबार दिनमा मात्रै नेप्से २०५ अंकले घटेको थियो । अर्थमन्त्रालयले सेयर बजारमा देखिएका समस्या समाधान गर्न एक समिति गठन गरेसँगै लगानीकर्ता आशावादी हुँदा बजार फर्किएको हो ।

 

सूचकसँगै आज कारोबार रकममा पनि बढोत्तरी आएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम २६ करोडले बढेर डेढ अर्ब नाघेको छ ।

 

बुधबार नेप्से ६०.२२ अंकले बढेर २०८०.४४ विन्दुमा पुगेको छ । यसदिन २३१ कम्पनीको १ अर्ब ६४ करोड ३ लाख ५६ हजार ६०८ रुपैयाँ बराबरको ५० लाख ५ हजार ८१४ कित्ता सेयर किनबेच भएको छ ।

 

आज कारोबारमा आएका १३ वटै समूहको परिसूचकमा हरियाली छाएको छ । फाइनान्स समूह सबैभन्दा धेरै ५.०४ प्रतिशतले बढेको छ । त्यस्तै, विकास बैंक, हाइड्रोपावर, होटल, व्यापार लगायत ९ समूहको परिसूचक ३ प्रतिशतभन्दा धेरैले बढेको छ ।

 

आज अरुण भ्याली हाइड्रोपावरको सर्वाधिक कारोबार भएको छ । यसको ५ करोड रुपैयाँ बढीकोे सेयर किनबेच भएको छ । त्यसैगरी, कुमारी बैंक र हिमालयन डिस्ट्रलरी झन्डै ५/५ करोडको कारोबार हुँदै शीर्ष तीनमा रहे ।

 

उच्च अंक्ले बढेको बजारमा आज ४ कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । सामुदायिक लघुवित्त र उपकार लघुवित्तको सेयर मूल्य ठ्याक्कै १० प्रतिशतले बढेको छ भने बलेफी हाइड्रोपावर र कालिका लघुवित्तका सेयरधनीले करिब १० प्रतिशत कमाएका छन् ।

 

त्यसैगरी, तेह्रथुम पावर ९.४४, उन्नति सहकार्य लघुवित्त ९.२८, सगरमाथा इन्स्योरेन्स, रुरु जलविद्युत्, समिट लघुवित्त, स्वाभिमान लघुवित्त, गुँरास र लघुवित्त र सिंगटी हाइड्रोपावरको सेयर मूल्य ८ प्रतिशतभन्दा धेरैले बढेको छ ।

 

त्यस्तै, दिव्यश्वरी हाइड्रोपावर, वरुण हाइड्रोपावर, गोर्खा फाइनान्स र प्रोग्रेसिभ फाइनान्सको सेयर मूल्य साढे ७ प्रतिशतले बढेको छ ।

बालेनको अभियानले सार्थकता पाउँदै, नबिल बैंकका यी १८ शाखामा निःशुल्क शौचालय Read Previous

बालेनको अभियानले सार्थकता पाउँदै, नबिल बैंकका यी १८ शाखामा निःशुल्क शौचालय

मल दिन नसक्ने किसानलाई पेन्सनको 'ललिपप', कार्यविधि बनाउने छैन सुरसार Read Next

मल दिन नसक्ने किसानलाई पेन्सनको 'ललिपप', कार्यविधि बनाउने छैन सुरसार