नेपाल लाइफद्वारा शिक्षण अस्पताललाई १०० वटा ह्वीलचियर हस्तान्तरण

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगंजलाई १०० ह्वीलचियर हस्तान्तरण गरेको छ ।

 

सोमबार एक कार्यक्रमका बीच कम्पनीले ह्वीलचियर हस्तान्तरण गरेको हो । नेपाल लाइफका तर्फबाट कार्यवाहक प्रमुख कार्यकारी अधिकृत सुशिलकुमार चौधरी र शिक्षण अस्पतालका तर्फबाट कार्यकारी निर्देशक प्रोफेसर डाक्टर दिनेश काफ्लेबीच सम्झौता पत्र आदन प्रदान गरी औपचारिक रुपमा ह्वीलचियर हस्तान्तरण गरिएको हो ।

 

सो कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल लाइफका कार्यवाहक प्रमुख कार्यकारी अधिकृत चौधरीले बिरामीलाई प्रत्यक्ष लाभ हुने ह्वीलचियर प्रदान गर्न पाउनु आफैंमा गर्वको विषय भएको बताए । उनले विगतदेखि नै कम्पनीले विभिन्न किसिमका सामाजिक कार्य गर्दै आएको स्मरण गरे ।

 

नेपाल लाइफका वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले नेपालकै सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनी भएको नाताले हाम्रो समाजप्रति पनि ठूलै दायित्व रहेको बताए । त्यसैले हाललाई १०० वटा ह्वीलचियर शिक्षण अस्पताललाई प्रदान गरिएको र यस्ता सामाजिक कार्यलाई प्राथमिकताका साथ अगाडि बढाउदै लैजाने प्रतिबद्धता व्यक्त गरे ।

 

शिक्षण अस्पतालका कार्यकारी निर्देशक प्रोफेसर डाक्टर दिनेश काफ्लेले बिरामी अस्पताल आउदा देखि नै ह्वीलचेयर आवश्यकता पर्ने र अस्पतालको आवश्यकता अनुसारको सामग्री छनोट गरेकोमा नेपाल लाइफ इन्स्योरेन्स परिवारलाई हार्दिक धन्यवाद व्यक्त गरे । यस्ता मनकारी संघ संस्थाहरुको सहयोगले नै अस्पताल जिवन्त रहने र सेवा प्रवाहमा सहजता आउने उनको भनाइ थियो ।

नेप्सेमा आइएमई जनरलको हकप्रद सेयर सूचीकृत Read Previous

नेप्सेमा आइएमई जनरलको हकप्रद सेयर सूचीकृत

ग्रीन बचत खाता पुनः सुचारु गर्दै लक्ष्मी बैंक Read Next

ग्रीन बचत खाता पुनः सुचारु गर्दै लक्ष्मी बैंक