काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्स)मा आइएमई जनरल इन्स्योरेन्सको हकप्रद सेयर सूचीकृत भएको छ ।
नेप्सेमा सोमबार कम्पनीको ४० प्रतिशत अर्थात् ४६ लाख ३० हजार ३४४ कित्ता हकप्रद सेयर सूचीकृत भएको हो ।
कम्पनीले फागुन २२ गतेदेखि चैत १३ सम्म १०ः४ अनुपात हकप्रद विक्रिीमा ल्याएको थियो । इन्स्योरेन्सले प्रतिकित्ता १०० अंकित मूल्यमा ४६ करोड ३० लाख ३४ हजार ४०० रुपैयाँ बराबरको ४६ लाख ३० हजार ३४४ कित्ता हकप्रद विक्रीमा ल्याएको थियो ।
नेप्सेमा सूचीकृत बोनस सेयर सम्बन्धित सेयरधनीहरुको डिम्याट खातामा जम्मा भएपछि मात्र दोस्रो बजारमा खरिदविक्री गर्न सक्नेछन् ।