काठमडौं । ५०औं विश्व वातावरण दिवसको अवसर पारेर लक्ष्मी बैंकले आफ्नो वातावरण मैत्री हरित बचत खाता ‘ग्रीन सेभिङ’ पुनः सञ्चालनमा ल्याएको छ ।
हालको डिजिटल युगको फाइदा उठाउँदै अनलाईन खाता खोल्ने सेवा, भिडियो केवाइसी र डिजिटल बैंकिङ्ग जस्ता सेवाहरुको समिश्रणले सो खाता पूर्णरूपमा कागजविहीन रहेको छ ।
साथै यस खातामा ग्राहकहरुले ८.०३ प्रतिशतको उच्चतम ब्याजदर मात्र नभई ग्रीन बैंकिङ्ग प्याकेज (मोबाइल मनी र इन्टरनेट बैंकिङ्ग) निःशुल्क प्राप्त गर्न सक्नेछन् ।
लक्ष्मी बैंकको ‘एक खाता, एक रुख’ को प्रतिबद्धता अनुरुप ‘गो ग्रीन’ अभियानमासहयोग पुग्ने गरी प्रत्यक ग्रीन सेभिङ खाताको वापत बैंकले एउटा रुख रोप्ने छ । यसका साथै ग्रीन सेभिंग खाताबाट संकलन हुने निक्षेपबाट नवीकरणीय ऊर्जा, हरित यातायात, दिगो खाद्य, कृषि, वन, फोहोर व्यवस्थापन र हरितगृह ग्यास न्यूनीकरण लगायत दिगो विकास लक्ष्यहरू अन्तर्गत पर्ने क्षेत्रहरू र गतिविधिहरूमा कर्जा प्रवाह गर्न उपयोग गरिनेछ।
यो पहलमार्फत लक्ष्मी बैंकले आफ्नो ’ओरेन्ज लभ्स ग्रीन’ को दिगो प्रतिबद्धतालाई निरन्तरता दिने छ । यसै प्रतिबद्धता अन्तर्गत बैंकले कार्बन एकाउन्टिङ फाइनान्सियलका लागि पार्टनरसिपमा पनि सामेल भएको छ । सो साझेदारी मार्फत बैंकले औपचारिक रूपमा (क) आफ्नो कार्बन उत्सर्जन मापन गर्ने र (ख) राष्ट्रिय प्रतिबद्धतासँग मिल्दोजुल्दो लक्ष्य र नीतिहरू उपनाउने छ जसले बैंकको नेट–जिरो यात्रा अघि बढ्ने छ ।
साथै, ग्राहकहरुलाई डिजिटल बैंकिङ्ग माध्यमहरु अपनाई ग्रीन बैंकिङ्गतर्फ प्रोत्साहन गर्नका लागी लक्ष्मी बैंकले विभिन्न अफरहरु पनि ल्याएको थियो । विश्व वातावरण दिवसकै दिन प्रयोगकर्ताहरुले मोबाइल मनीद्वारा कुनै पनि क्यूआर भुक्तानी गर्दा १० प्रतिशत (प्रतिव्यक्ति रु.५० सम्मको) तुरुन्तै छुट पाउन सक्ने व्यवस्था गरिएको थियो । यति मात्र नभई सो दिन क्यूआर भुक्तानी गर्दा दोब्बर फोनपे रिवार्ड पोइन्टस प्राप्त गर्न सकिने थियो ।
यसका अतिरिक्त मोबाइल मनी प्रयोगकर्ताहरुले आफूले संकलन गरेको फोनपे रिवार्ड पोइन्टस मार्फत ५०० पोइन्टमा लक्ष्मी बैंकको ग्रीन प्याकेज (जस अन्तर्गत मोबइल मनि, डेबिट कार्ड, इन्टरनेट बैंकिङ तथा इमेल अलर्ट सुविधाहरु पर्दछ) १ वर्षको लागि निःशुल्क नवीकरण गर्न पनि सक्नेछन् ।