वर्षातले बढायो विद्युत् निर्यात, दैनिक ५ करोडको विक्री हुन थाल्यो

काठमाडौं । वर्षायाम सुरु भएसँगै नेपालको विद्युत् व्यापार बढ्न थालेको छ । वर्षाले नेपालका नदीहरुमा पानीको बहाव बढेसँगै विद्युत् उत्पादन बढ्दा भारत निर्यात हुने विद्युत्को परिमाण समेत बढेको हो ।

 

गत सातादेखि ३९ मेगावाट विद्युत् निर्यात सुरु गरेको नेपाल विद्युत् प्राधिकरणले आइबातरदेखि कालीगण्डकी एबाट उत्पादित बिजुली समेत निर्यात गर्न थालेको छ ।

 

आइतबारको तथ्यांक अनुसार नेपालबाट दैनिक औसत ५ करोड रुपैयाँससम्मको बिजुली भारतमा निर्यात हुन थालेको छ । सोमबार नेपालले भारतमा ४२ लाख २७ हजार १०० युनिट निर्यात गर्दैछ । प्राधिकरणका अनुसार मंगलबार १७६ मेगावाटसम्म बिजुली निर्यात हुनेछ ।

 

कालीगण्डकी ए जलविद्युत् आयोजनाबाट दिनमा १३८.८३ मेगावाट, देवीघाट जलविद्युत् केन्द्रबाट १४.३१ मेगावाट, त्रिशुली जलविद्युत् आयोजनाबाट २३.४ मेगावाट बिजुली निर्यात हुनेछ ।

 

सोमबारका लागि भारतको प्रतिस्पर्धी ऊर्जा बजारमा नेपालको बिजुलीले प्रतियुनिट अधिकतम् १२ भारु (१९.२ रुपैयाँ)सम्म मूल्य पाएको छ । न्यूनतम् ४.७८ पैसामा पनि बिजुली निर्यात हुनेछ । औसतमा प्रतियुनिट १२.८४ नेपाली रुपैयाँमा निर्यात भइरहेको प्राधिकरणको भनाइ छ । नेपालबाट रातको समयमा खपत हुन नसकेको बिजुली भारत गइरहेको छ ।

 

हिमालयन बैंकको सेयर कारोबार खुल्यो Read Previous

हिमालयन बैंकको सेयर कारोबार खुल्यो

१३ महिनापछि कारोबार खुलेको हिमालयन बैंकको सेयरमा नेगेटिभ सर्किट, बेच्नेको ओइरो किन्ने शून्य Read Next

१३ महिनापछि कारोबार खुलेको हिमालयन बैंकको सेयरमा नेगेटिभ सर्किट, बेच्नेको ओइरो किन्ने शून्य