हिमालयन बैंकको सेयर कारोबार खुल्यो

काठमाडौं । हिमालयन बैंकको सेयर कारोबार आजदेखि खुला भएको छ ।

 

२०७८ वैशाख ३० गते नेपाल इन्भेष्टमेन्ट बैंकसँग मर्जरमा जाने सम्झौता गरेपछि रोकिएको बैंकको सेयर कारोबार १३ महिनापछि खुलेको हो । बैंकको सेयर कारोबार प्रतिकित्ता ३९०.८ रुपैयाँमा खुलेको छ ।

 

बैंकको साधरणतर्फको मात्र सेयर कारोबार खुलेको हो । प्रमोटर सेयरधनीले भने कारोबार गर्न पाउने छैनन् ।

 

२०७८ वैशाख ३० नेपाल इन्भेष्टमेन्टसँग मर्जरमा जाने सम्झौता गरेसँगै बैंकको सेयर कारोबार रोक्का भएको थियो । गत पुस ३० गते बसेको हिमालयन बैंकको साधरण सभाले इन्भेष्टमेन्टसँग मर्जरमा नजाने निर्णय गरेसँगै मर्जर भाँडिएको थियो ।

 

मर्जर भाँडिएपछि नेपाल राष्ट्र बैंकले दुवै बैंकको सेयर कारोबार रोक्का गरेको थियो । इन्भेष्टमेन्ट बैंकको भने जेठ १६ गतेदेखि कारोबारमा आएको थियो ।

चर्चामा निजगढ अन्तर्राष्ट्रिय विमानस्थल : वन जोगाउने कि विकास नै रोक्ने ? Read Previous

चर्चामा निजगढ अन्तर्राष्ट्रिय विमानस्थल : वन जोगाउने कि विकास नै रोक्ने ?

वर्षातले बढायो विद्युत् निर्यात, दैनिक ५ करोडको विक्री हुन थाल्यो Read Next

वर्षातले बढायो विद्युत् निर्यात, दैनिक ५ करोडको विक्री हुन थाल्यो