३० करोड खर्चेर भरतपुरमा अत्याधुनिक भवन बनाउँदै ग्लोबल आइएमई बैंक

काठमाडौं । ग्लोबल आईएमई बैंक लिमिटेडले ३० करोड रुपैयाँ लागतमा चितवनमा अत्याधुनिक भवन निर्माण सुरु गरेको छ ।

 

चितवनको भरतपुर–१० स्थित भरतपुर हाइटमा निर्माण गर्न लागिएको भवनको शनिबार बैंकका अध्यक्ष एवं नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले शिलान्यास गरे ।

 

बैंक भवन दुई वर्षभित्र निर्माण सम्पन्न गरिने जनाइएको छ । चितवनलाई देशकै आर्थिक केन्द्र बनाउने उद्देश्यले भरतपुरमा बैंकको आफ्नै भवन निर्माण सुरु गरिएको ढकालले बताए। देशकै केन्द्रभागमा रहेको चितवनमा आर्थिक क्रियाकलाप वृद्धि हुँदै गएको सन्दर्भमा यस क्षेत्रको विकासका लागि आफूले सक्दो काम गर्ने ढकालको भनाइ छ ।

 

३ कठ्ठा १० धुर क्षेत्रफलमा बन्ने भवन ३० हजार ६०० वर्गफुटमा फैलिने छ । दुई तला अण्डरग्राउण्ड र पाँच तला माथि रहनेगरी भवनको संरचना निर्माण हुने छ भने भवनको अण्डरग्राउण्डमा पार्किङ हुनेछ ।

 

भवन शिलान्यास अघि बैंकले आफ्नो सयौँ कर्मचारीको सहभागितामा ‘वाकाथन’को आयोजना गरेको थियो ।

कालीगण्डकीको बिजुली भारत निर्यात सुरू, प्रतियुनिट १९ रुपैयाँ Read Previous

कालीगण्डकीको बिजुली भारत निर्यात सुरू, प्रतियुनिट १९ रुपैयाँ

लयमा फर्किँदै पर्यटन, तंग्रिँदै होटल व्यवसाय Read Next

लयमा फर्किँदै पर्यटन, तंग्रिँदै होटल व्यवसाय