पेट्रोल र डिजेलको भाउ १० रुपैयाँ घट्यो, प्रतिलिटर कतिमा आयो ?

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगमले बिहीबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलको खुद्रा विक्री मूल्यमा प्रतिलिटर १० रुपैयाँ घटाएको हो ।

 

मूल्य घटेसँगै पेट्रोलको खुद्रा विक्री मूल्य प्रतिलिटर १७० रुपैयाँ, डिजेल र मट्टितेलको खुद्रा विक्री मूल्य प्रतिलिटर १५३ रुपैयाँ कामय भएको छ ।

 

पेट्रोलियम पदार्थको मूल्यवृद्धिबाट जनजीवन प्रभावित भएको भन्दै सरकारले तत्कालका लागि पूर्वाधार कर बराबरको रकम पेट्रोलियम पदार्थको खुद्रा मूल्यमा समायोजन गर्न निगमलाई निर्देशन दिएको थियो ।

 

खाना पकाउने एलपी ग्यास र हवाई इन्धन (आन्तरिक र अन्तर्राष्ट्रिय)को मूल्य भने यथावत राखिएको निगमले जनाएको छ ।

 

हाल एलपी ग्यासको मूल्य प्रतिसिलिण्डर १ हजार ८००, हवाई इन्धन (आन्तरिक)को प्रतिलिटर १६६ रुपैयाँ र हवाई इन्धन (अन्तर्राष्ट्रिय) को मूल्य प्रतिलिटर १.५४ अमेरिकी डलर छ ।

एकैपटक दुई कम्पनीले पाए आइपीओ जारी गर्न अनुमति, कुनले कति कित्ता ? Read Previous

एकैपटक दुई कम्पनीले पाए आइपीओ जारी गर्न अनुमति, कुनले कति कित्ता ?

बिन्ध्यबासिनी हाइड्रोपावरको आइपीओ खुल्यो, कति कित्ता भर्ने ? Read Next

बिन्ध्यबासिनी हाइड्रोपावरको आइपीओ खुल्यो, कति कित्ता भर्ने ?