काठमाडौं । दुई कम्पनीले २६ करोड रुपैयाँभन्दा बढीको प्राथमिक साधरण सेयर (आइपीओ) निष्काशन गर्न अनुमति पाएका छन् ।
नेपाल धितोपत्र बोर्डले मन्दाकिनी हाइड्रोपावर र सयपत्री हाइड्रोपावर कम्पनीलाई बिहीबार (जेठ १९ गते) आइपीओ जारी गर्न अनुमति दिएको हो । दुवै कम्पनीले स्थानीय र सर्वसाधरणका लागि आइपीओ जारी गर्न अनुमति पाएका हुन् ।
मन्दाकिनी हाइड्रोपावरले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा १७ करोड ६४ लाख ११ हजार रुपैयाँ बराबरको १७ लाख ६४ हजार ११० कित्ता आइपीओ निष्काशन गर्न अनुमति पाएको हो ।
मन्दाकिनीले आइपीओ जारी गर्न यसअघि नै सेयर निष्काशन तथा विक्री प्रबन्धकमा बीओके क्यापिटल मार्केटलाई नियुक्त गरिसकेको छ ।
यसैगरी, सयपत्री हाइड्रोपावरले पनि प्रतिकित्ता १०० रुपैयाँ दरमा ९ करोड रुपैयाँ बराबरको ९ लाख कित्ता आइपीओ जारी गर्न अनुमति पाएको हो ।यसको सेयर विक्री प्रबन्धक एनआइबीएल एस क्यापिटल रहेको छ ।