तालिम नै नलिएका व्यक्तिले विमान अवतरण गरेपछि…

नयाँदिल्ली । उडान र अवतरणको तालिम नलिएका व्यक्तिलाई यात्रीले भरिएको विमान अवतरणको अनुमति दिएको एक विमान कम्पनीले  जरिवाना तिर्नुपरेको छ ।

 

नागरिक उड्डयन महानिर्देशनालय (डीजीसीए)ले सुरक्षा नियम उल्लङ्घन गरेकामा निजी वायुसेवा कम्पनी एयर भिस्तारालाई रु १० लाख जरिवाना गरेको हो । एयर विस्तारालाई नागरिक उड्डयन निगरानीमा राखिएको डीजीसीएका अधिकारीले बताएका छन् ।

 

उडान र अवतरणको तालिम नलिएका एकजना सहचालकले हालै मध्यप्रदेश राज्यको इन्दौर विमानस्थलमा विमान अवतरण गराएका थिए ।

 

यात्रीका जीवनलाई जोखिममा पार्ने गम्भीर उल्लङ्घन विमान कम्पनीले गरेकामा उक्त रकम जरिवाना गरिएको नियामक निकायका अधिकारीले बताएका छन् । सिन्ह्वा

नमस्ते पेमार्फत स्मार्ट क्यूआर मर्चेन्ट पेमेन्ट सेवा सुरू Read Previous

नमस्ते पेमार्फत स्मार्ट क्यूआर मर्चेन्ट पेमेन्ट सेवा सुरू

एकैपटक दुई कम्पनीले पाए आइपीओ जारी गर्न अनुमति, कुनले कति कित्ता ? Read Next

एकैपटक दुई कम्पनीले पाए आइपीओ जारी गर्न अनुमति, कुनले कति कित्ता ?