नमस्ते पेमार्फत स्मार्ट क्यूआर मर्चेन्ट पेमेन्ट सेवा सुरू

काठमाडौं । नेपाल टेलिकम र राष्ट्रिय वाणिज्य बैंकको संयुक्त लगानीमा संचालित नमस्ते पे वालेट मार्फत स्मार्ट क्यूआर भुक्तानी सेवा संचालनमा आएको छ ।

 

सेवा संचालसंगै नमस्ते पे वालेट प्रयोगकर्ताले स्मार्ट क्यूआर मार्फत भुक्तानी लिँदै आएका विभिन्न व्यापार व्यवसायीहरुलाइ भुक्तानी दिन सक्नेछन ।

 

साथै अहिले सम्म पनि स्मार्ट क्यूआर सेवा नलिएका विभिन्न व्यापार व्यवसायीहरुले नमस्ते पेमार्फत स्मार्ट क्यूआर सेवा पनि लिन सक्नेछन् ।

 

नमस्ते पे प्रयोग गरी स्मार्ट क्यूआर मार्फत गोल्ड स्टारका सोरुमहरुमा भुक्तानी गर्दा ३० प्रतिशत (रु ३०० सम्म) आकर्षक छुट प्राप्त गर्न सक्नेछन । साथै, भविस्यमा स्मार्ट क्यूआर भुक्तानीमा अझै धेरै आकर्षक अफरहरु छिटै नै आउने कम्पनीले जनाएको छ ।

 

एनएमबी बैंकद्धारा ५ हजार ७२८ थान चुल्हो वितरण Read Previous

एनएमबी बैंकद्धारा ५ हजार ७२८ थान चुल्हो वितरण

तालिम नै नलिएका व्यक्तिले विमान अवतरण गरेपछि... Read Next

तालिम नै नलिएका व्यक्तिले विमान अवतरण गरेपछि...