काठमाडौं । एनएमबी बैंक लिमिटेडले नेदरल्याण्ड डेभलपमेन्ट अर्गनाइजेशन (एसएनभी)को रिजल्ट बेस्ड फाइनान्सिङ परियोजना अन्तर्गत ५,७२८ सुधारिएको चुल्हो वितरण गरिएको छ ।
बैंकले ग्रामीण भेगका जनताहरूको जीवनस्तर सुधार्ने उद्देश्यका साथ प्राक्टिकल एसएनभीसंग बैंकले सहकार्य गरेर सुदूरपश्चिम र कर्णालीका विभिन्न ठाउँमा सुधारिएको चुल्होहरू वितरण गरेको हो ।
बैंकले परियोजनासंग मिलेर उक्त परियोजनाको लागि कोष व्यवस्थापकको रुपमा काम गरेको थियो । बैंकको लघुवित्त विभागले एसएनभीसंग सहकार्य गरेर उक्त परियोजना सफलतापूर्वक कार्य गरिरहेको छ भने यस परियोजनाको साथसाथै अन्य विभिन्न परियोजनासंग सहकार्य गरेर सेवा प्रदान गर्दै आइरहेको छ ।
यस परियोजनाले दाउराको खपत घटाएर बनको संरक्षणमा मद्दत पुग्ने, विषेशगरी महिला दिदी बहिनीहरूले भान्छाको लागि गर्नुपर्ने कठिनाइमा कमी ल्याउने, वायु प्रदूषणमा समेत नियन्त्रण गरी आगलागीका कारण स्वास्थमा आउने रोग तथा विकारहरूमा समेत कमी हुने विश्वास लिइएको छ ।
एनएमबी बैंकले दि फिनान्सियल टाईम्स, लण्डनको ‘द ब्यान्कर’ पत्रिकाद्वारा एसियाकै सर्वोत्कृष्ट बैंकको उपाधी ‘बैंक अफ दि इयर एसिया २०२१’ उपाधीबाट सम्मानित भएको बैंक हो । एनएमबि बैंकले २०१७, २०१८, २०२० र २०२१ लागी पनि उक्त पत्रिकाद्वारा चार पटक नेपालकै उत्कृष्ट बैंकको उपाधी ‘बैंक अफ दि इयर नेपाल’ प्राप्त गरि सकेकको छ ।
एनएमबी बैंकले हाल देशभरी २०१ शाखाहरू, १३८ एटीएमहरू र ११ एक्सटेन्सन काउन्टरहरू मार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेको छ ।