अब हेलिकोप्टरमा दुई पाइलट अनिवार्य

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले एउटा इन्जिन भएको हेलिकोप्टरमा पनि दुई पाइलट अनिवार्य गर्ने तयारी गरेको छ ।

 

एउटा मात्रै इन्जिन भएको हेलिकोप्टरमा दुई पाइलट अनिवार्य गर्ने तयारी भएको र यसका लागि प्रस्ताव तयार पारेर सात दिनभित्र पेस गर्ने गरी ५ सदस्यीय प्राविधिक टोली गठन गरिएको नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक इञ्जीनियर प्रदीपकुमार अधिकारीले जानकारी दिए ।

 

पाइलट बेहोस हुने तथा अरु स्वास्थ्य समस्याका कारण हुनसक्ने दुर्घटनालाई मध्यनजर गरेर दुई पाइलटको व्यवस्था अनिर्वाय गर्न लागिएको उनले बताए । अहिले नेपालमा दुईवटा इन्जिन भएका हेलिकोप्टर र हवाईजहाजमा मात्रै दुई पाइलट अनिवार्य हुनुपर्ने व्यवस्था छ ।

४ खर्बको आयात घटाउने 'अस्त्र' १० अर्बको योजना ! Read Previous

४ खर्बको आयात घटाउने 'अस्त्र' १० अर्बको योजना !

बचतमा राष्ट्र बैंकले नै १२.५ प्रतिशत ब्याज दिने, न्यूनतम १० हजार लगानी गर्नुपर्ने Read Next

बचतमा राष्ट्र बैंकले नै १२.५ प्रतिशत ब्याज दिने, न्यूनतम १० हजार लगानी गर्नुपर्ने