सिभिल बैंकको नायब प्रमुख कार्यकारी अधिकृतमा सचिनजंग रायमाझी नियुक्त

काठमाडौं । सिभिल बैंकको नायब प्रमुख कार्यकारी अधिकृतमा सचिनजंग रायमाझी नियुक्त भएका छन् ।

 

हाल बैंकको प्रमुख कर्जा अधिकृतका रुपमा कार्य सम्पादन गर्दै आएका सचिन जङ्ग रायमाझीलाई सोमबार बसेको सञ्चालक समितिको बैठकले नायब प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको हो ।

 

नेपाल बंगलादेश बैंक बाट बैंकिंग सुरु गरेका रायमाझीले नेपाल राष्ट्र बैंक, एनसीसी बैंक, मेगा बैंक र प्रभु बैंकमा गरी २१ वर्ष काम गरिसकेका छन् ।

 

विगत साढे ४ वर्षदेखि सिभिल बैंकको प्रमुख कर्जा अधिकृत तथा प्रमुख संचालन अधिकृतको समेत भूमिका निर्वाह गरिसकेको उनले नायब प्रमुख कार्यकारी अधिकृतकोे भूमिका समेत सफलतापूर्वक निर्वाह गरी बैंकलाई थप उचाइमा पुर्याउनेमा बैंकले विश्वास लिएको छ ।

 

सिभिल बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल पोखरेलले वर्तमान प्रमुख कर्जा अधिकृत सचिन जङ्ग रायमाझीले बैंकमा पुर्याएको योगदानको उच्च कदर गर्दै बैंकको संचालक समितिले उनलाई नायब प्रमुख कार्यकारी अधिकृतको कार्यभार सुम्पिएकोमा खुशी व्यक्त गरे ।

अब जग्गाभन्दा साढे ४ गुणा ठूलो भवन बनाउन पाइने, कहाँ कत्रो बनाउन पाइन्छ ? (नयाँ मापदण्डसहित) Read Previous

अब जग्गाभन्दा साढे ४ गुणा ठूलो भवन बनाउन पाइने, कहाँ कत्रो बनाउन पाइन्छ ? (नयाँ मापदण्डसहित)

यस्ता छन् पोखरा-जोमसोम रुटमा भएका तारा एयरका दुई ठूला दुर्घटना Read Next

यस्ता छन् पोखरा-जोमसोम रुटमा भएका तारा एयरका दुई ठूला दुर्घटना