अब जग्गाभन्दा साढे ४ गुणा ठूलो भवन बनाउन पाइने, कहाँ कत्रो बनाउन पाइन्छ ? (नयाँ मापदण्डसहित)

काठमाडौं । अब जग्गाको क्षेत्रफलको साढे ४ गुणासम्म ठूलो भवन बनाउन पाइने भएको छ । सहरी विकास मन्त्रालयले ‘बस्ती विकास, सहरी योजना तथा भवन निर्माणसम्बन्धी आधारभूत निर्माण (दोस्रो संशोधन) मापदण्ड, २०७८’ जारी गर्दै यस्तो व्यवस्था गरेको हो ।

 

प्रमुख सहरी क्षेत्रमा खाली जग्गा पाउनै मुस्किल भएपछि बहुतले भौतिक संरचना निर्माणलाई प्राथमिकता दिँदै सरकारले भवन निर्माण मापदण्ड संशोधन गरेको हो ।

 

मन्त्रालयले राजपत्रका प्रकाशन गरेको संशोधित मापदण्ड अनुसार अब सहरी क्षेत्रमा जमिनको क्षेत्रफलको तुलनामा साढे ४ गुणा (फ्लोर एरिया रेसियो-फार ४.५) सम्म ठूलो भवन बनाउन पाइनेछ ।

 

नयाँ मापदण्ड अनुसार काठमाडौं उपत्यकामा व्यापारिक तथा सभा सम्मेलन भवन जमिनको क्षेत्रफलको साढे ३ गुणा (फार ३.५), संस्थागत भवन साढे २ गुणा (फार २.५) आवासीय भवन ४ गुणा (फार ४.०) र मिश्रित आवासीय भवन साढे ४ गुणा (फार ४.५)सम्म अग्लो भवन बनाउन पाइने छ । यसअघि काठमाडौं महानगरपालिकाभित्र योजनाबद्ध आवासीय उपक्षेत्रमा साढे ३ गुणा अग्लो भवन बनाउन पाइने व्यवस्था थियो ।

 

यस्तै, पहाडमा व्यापारिक तथा सभा सम्मेलन भवनको ३.५, आवासीय भवनले ३.५, मिश्रित आवासीय भवनले ४.० र संस्थागत भवनले २.५ फार कायम गर्नुपर्ने भएको छ ।

 

यसैगरी, तराईमा व्यापारिक तथा सभा सम्मेलन, आवासीय र मिश्रित आवासीय भवन जग्गाकाे क्षेत्रफलको ३ गुणा (फार ३.०) र संस्थागत भवन साढे २ गुणा (फार २.५ ) अग्लो बनाउन पाइने व्यवस्था गरिएको छ ।

 

अब जहाज उड्ने रुटको मौसम सफा नभई उडान अनुमति नपाउने Read Previous

अब जहाज उड्ने रुटको मौसम सफा नभई उडान अनुमति नपाउने

सिभिल बैंकको नायब प्रमुख कार्यकारी अधिकृतमा सचिनजंग रायमाझी नियुक्त Read Next

सिभिल बैंकको नायब प्रमुख कार्यकारी अधिकृतमा सचिनजंग रायमाझी नियुक्त