अब जहाज उड्ने रुटको मौसम सफा नभई उडान अनुमति नपाउने

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले मौसम सफा नभई आन्तरिक उडानका लागि अनुमति नदिने भएको छ ।

 

तारा एयरको विमान दुर्घटना भएसँगै हवाई दुर्घटनाको जोखिम न्यूनीकरणका लागि प्राधिकरणले इन रुट (विमान उड्ने र पुग्ने स्थान उडान मार्गको मौसम) अनुकूल नभएसम्म उडान अनुमति नदिने निर्णय गरेको हो ।

 

मौसम खराबीले तारा एयरको ट्वीनअटर विमान दुर्घटनामा परेको प्राधिकरणले प्रारम्भिक निष्कर्ष निकालेको थियो ।

 

नेपाल नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक एवं प्रवक्ता देवचन्द्रलाल कर्णले इनरुटको मौसम सफा नभएको अवस्थामा उडानको अनुमति नदिने निर्णय गरिएको जानकारी दिए ।

 

उनका अनुसार यस्तो निर्णय भिएफआर (भिजुअल फ्लाइट रुल्स) बाट उडान गर्ने विमान र विमानस्थलका लागि मात्रै लागू हुनेछ । पहिले विमान उड्ने विमानस्थल र विमान पुग्ने विमानस्थलको मौसम सफा भएमा प्राधिकरणले उडान अनुमति दिने गरेकोमा अब इनरुट मौसम पनि सफा हुनुपर्ने निर्णय गरिएको र यसले यसले हवाई दुर्घटना कम गर्न मद्दत गर्ने विश्वास लिइएको छ ।

बजेट बारे समुद्रपार निकासी पैठारी संघको मिश्रित प्रतिक्रिया Read Previous

बजेट बारे समुद्रपार निकासी पैठारी संघको मिश्रित प्रतिक्रिया

अब जग्गाभन्दा साढे ४ गुणा ठूलो भवन बनाउन पाइने, कहाँ कत्रो बनाउन पाइन्छ ? (नयाँ मापदण्डसहित) Read Next

अब जग्गाभन्दा साढे ४ गुणा ठूलो भवन बनाउन पाइने, कहाँ कत्रो बनाउन पाइन्छ ? (नयाँ मापदण्डसहित)