राष्ट्र बैंकले १० अर्बको ट्रेजरी बिल बिक्री गर्दै, आज बोलकबोल हुने

काठमाडौं । बजारमा तरलता सन्तुलन राख्न नेपाल राष्ट्र बैंकले १० अर्ब ३३ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ ।

 

राष्ट्र बैंकले आज (असोज ६ गते) बोलकबोल प्रक्रियाबाट तीन फरक फरक अवधीको ट्रेजरी बिल बिक्री गर्न लागेको हो । बैंकले ९१ दिन, १८२ दिन र ३६४ दिन अवधिको ट्रेजरी बिक्री गर्न लागेको हो।

 

बैंकले बिक्री गर्न लागेको उक्त ट्रेजरी बिलमध्ये ९१ दिन अवधिका लागि ४ अर्ब ३ करोड रुपैयाँ, १८२ दिनको लागि ४ अर्ब ३० करोड रुपैयाँ र ३६४ दिन अवधिको २ अर्ब रुपैयाँको रहेको छ ।

 

बोलकबोल मार्फत बिक्री गर्न लागेको उक्त ट्रेजरी बिलमा सोमबार मध्याह्न ३ बजेसम्म अनलाईन विडिङ्ग प्रणाली मार्फत बोलकबोल गर्न सकिने केन्द्रीय बैंकले जनाएको छ।

 

असोज ७ गते मंगलबार जारी हुने ट्रेजरी बिलको बोलकबोलमा बैंक तथा वित्तीय संस्था, संगठित संस्था तथा सर्वसाधारण नागरिक समेत सहभागी हुन सक्नेछन् ।

 

बोलकबोलमा सबैभन्दा बढी मूल्य उल्लेख गर्ने संस्थालाई पहिलो प्राथमिकतामा राखेर क्रमैसँग आह्वान रकमसम्म ट्रेजरी बिलको बाँडफाँड गरिने राष्ट्र बैंकले जनाएको छ।

 

जनता बैंकद्धारा लाभांश घोषणा, बोनस र नगद कति Read Previous

जनता बैंकद्धारा लाभांश घोषणा, बोनस र नगद कति

एनआइसी एशिया बैंकका ग्राहकलाई भाटभटेनीमा १५% छुट Read Next

एनआइसी एशिया बैंकका ग्राहकलाई भाटभटेनीमा १५% छुट