एनआइसी एशिया बैंकका ग्राहकलाई भाटभटेनीमा १५% छुट

काठमाडौं । एनआइसी एशिया बैंक र भाटभटेनी सुपरमार्केटबीच डेबिट एवं क्रेडिट कार्ड मार्फत किनमेल गर्दा छुट पाउनेसम्वन्धी सम्झौता भएको छ।

 

सम्झौतापत्रमा बैंकको तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत रोशन कुमार न्यौपाने र भाटभटेनी सुपरमार्केटको तर्फबाट सुपरमार्केटका अध्यक्ष मीन बहादुर गुरुङले हस्ताक्षर गरे।

 

लत्ताकपडा तथा जुत्ता खरिद गर्दा प्रत्येक खरिदमा १५ प्रतिशत वा अधिकतम १ हजार रुपैयाँसम्म छुट प्रदान गर्ने सम्झौता भएको हो।

 

साथै यस बैंकमा खाता नभएका इच्छुक महानुभावहरुले भाटभटेनी सुपरमार्केटमा रहेको एनआइसी एशिया बैंकको स्टल तथा प्रतिनिधिमार्फत् नयाँ खाता खोलेर इन्स्ट्यान्ट कार्ड प्राप्त गर्न सक्नेछन्।

 

असोज ८ गतेदेखि कात्तिक १६ गतेसम्म लागू हुने यो योजनाबाट ग्राहकले चाडपर्वको समयमा अधिकतम लाभ लिन सक्ने बैंकको भनाइ छ।

 

बैंकको मुलुकभर २९८ शाखा कार्यालयहरु, ३५९ एटिएम, ७० वटा एक्स्टेन्सन काउण्टर एवं ४१ वटा शाखारहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा संचालनमा छन्।

राष्ट्र बैंकले १० अर्बको ट्रेजरी बिल बिक्री गर्दै, आज बोलकबोल हुने Read Previous

राष्ट्र बैंकले १० अर्बको ट्रेजरी बिल बिक्री गर्दै, आज बोलकबोल हुने

हुलाकी राजमार्ग निर्माण शुरु Read Next

हुलाकी राजमार्ग निर्माण शुरु