काठमाडौं । जनता बैंकले गत वर्षको नाफाबाट १२ प्रतिशत लाभांश दिने घोषणा गरेको छ । बैंकको आइतबार बसेको सञ्चालक समिति बैठकले आर्थिक वर्ष २०७५/७६ को नाफाबाट ६ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि सहित ६ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो ।
बैंकले चुक्ता पूँजीको ६ प्रतिशत हुन आउने ४८ करोड ४७ हजार १५५ रुपैयाँ बराबरको बोनस वितरण गर्नेछ । यस्तै बैंकले ४८ करोड ४७ हजार १५५ रुपैयाँनै नगद लाभांश बाँड्नेछ ।
हाल बैंकको चुक्ता ८ अर्ब ७ लाख ८५ हजार रुपैयाँ रहेको छ । प्रस्तावित बोनस वितरणपछि बैंकको चुक्ता पुँजी ८ अर्ब ४८ करोड ८ लाख ३३ हजार रुपैयाँ पुग्नेछ ।
नियामक निकाय नेपाल राष्ट्र बैंक स्वीकृति दिएपछि र बैंकको आगामी साधारण सभाले अनुमोदन गरेपछि लगानीकर्तालाई लाभांश पाउने छन् ।
