लाइसेन्सका लागि यसअघिका सबै आवेदन रद्द, आज ६ बजेदेखि नयाँ खुल्ने

काठमाडौं । ड्राइभिङ लाइसेन्स (सवारी चालक अनुमतिपत्र)का लागि दिइएका सबै आवेदन रद्द भएका छन् । यातायात व्यवस्था विभागले लाइसेन्स (नयाँ र वर्ग थप)का लागि लिइएका सबै अनलाइन आवेदन रद्द गरेको  हो ।

 

नयाँ अनलाइन प्रणाली सुरु गर्न भन्दै विभागले नयाँ तथा वर्ग थपका लागि हालसम्म लिएका सबै अनलाइन आवेदनहरू रद्द गरेको हो । यसअघि झन्डै ५ लाख बढीले लाइसेन्सका लागि अनलाइन फारम भरेका थिए ।

 

यसअघि आवेदन दिएका सबै फारम रद्द भएसँगै अब सबै आवेदकले नयाँ फारम भर्नुपर्नेछ । विभागका अनुसार अब applydl.dotm.gov.np लगइन गरी नयाँ आवेदन भर्नुपर्नेछ ।

 

विभागका अनुसार नयाँ लाइसेन्सका लागि आज (सोमबार साँझ ६ बजे)देखि आवेदन खुला हुनेछ । यस्तै, वर्ग थपका लागि अर्को साताको सोमबारदेखि आवेदन खुल्ने विभागले जनाएको छ ।

यस्ता छन् बजेटमा सेयर बजार सम्बन्धी गरिएका ११ व्यवस्था Read Previous

यस्ता छन् बजेटमा सेयर बजार सम्बन्धी गरिएका ११ व्यवस्था

१३ महिनापछि कारोबार खुलेको इन्भेष्टमेन्ट बैंकको सेयरमा नेगेटिभ सर्किट, बेच्नेको ओइरो किन्ने शून्य Read Next

१३ महिनापछि कारोबार खुलेको इन्भेष्टमेन्ट बैंकको सेयरमा नेगेटिभ सर्किट, बेच्नेको ओइरो किन्ने शून्य