१३ महिनापछि कारोबार खुलेको इन्भेष्टमेन्ट बैंकको सेयरमा नेगेटिभ सर्किट, बेच्नेको ओइरो किन्ने शून्य

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकको सेयर मूल्यमा नेगेटिभ सर्किट लागेको छ । झन्डै १३ महिनापछि आज (सोमबार)देखि कारोबारमा आएको बैंकको सेयर मूल्य करिब १० प्रतिशतले घटेको हो ।

 

४०५ रुपैयाँमा कारोबार खुलेको बैंकको सेयर मूल्य प्रतिकित्ता ४०.७९ रुपैयाँले घटेर ३६७.७ रुपैयाँमा आइपुगेको छ । लामो समय रोक्का भएर कारोबार खुलेको बैंकको सेयर बेच्नेको ओइरो लाग्दा खरिदकर्ता भने शून्यप्रायः छन् ।

 

आज दिउँसो १२:३० बजेसम्म बैंकको २ लाख ३१ हजार बढी कित्ता सेयर विक्रीमा राखिएको छ भने खरिदकर्ता शून्य रहेका छन् । डेढ घण्टामा बैंकको जम्मा ६ हजार कित्ता सेयर किनबेच भएको छ ।

 

२०७८ वैशाख ३० हिमालयन बैंकसँग मर्जरमा जाने सम्झौता गरेसँगै बैंकको सेयर कारोबार रोक्का भएको थियो । गत पुस ३० गते बसेको हिमालयन बैंकको साधरण सभाले इन्भेष्टमेन्टसँग मर्जरमा नजाने निर्णय गरेसँगै मर्जर भाँडिएको थियो ।

 

मर्जर भाँडिएपछि नेपाल राष्ट्र बैंकले दुवै बैंकको सेयर कारोबार रोक्का गरेको थियो । इन्भेष्टमेन्टको साधरण सेयर कारोबारमा आए पनि प्रमोटर सेयर भने रोक्का नै छ । यस्तै, हिमालयनको सेयर भने कहिलेदेखि कारोबारमा आउँछ अझै टुंगो लागेको छैन ।

लाइसेन्सका लागि यसअघिका सबै आवेदन रद्द, आज ६ बजेदेखि नयाँ खुल्ने Read Previous

लाइसेन्सका लागि यसअघिका सबै आवेदन रद्द, आज ६ बजेदेखि नयाँ खुल्ने

काठमाडौंका मेयर बालेन्द्रले लिए शपथ, पहिलो निर्णय कार्यपालिकाको बैठक लाइभ गर्ने Read Next

काठमाडौंका मेयर बालेन्द्रले लिए शपथ, पहिलो निर्णय कार्यपालिकाको बैठक लाइभ गर्ने