काठमाडौं । सरकारले पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि घटाउने भएको छ ।
आइतबार संसदमा आर्थिक वर्ष २०७९/८० को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री जनार्दन शर्माले पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि समायोजन गर्ने घोषणा गरेका हुन् ।
चौतर्फी विरोध भएपछि जेठ मग मंगलबारको मन्त्रिपरिषदको बैठकले पेट्रेलियम पदार्थमा लाग्दै आएको कर प्रतिलिटर १० रुपैयाँ घटाउन अर्थ मन्त्रालयलाई सैद्धान्तिक सहमति दिएको थियो ।
सोही अनुसार अब परल (लागत) मूल्यमा डिजेल र पेट्रोलको भाउ प्रतिलिटर १० रुपैयाँ घट्ने जनाइएको छ ।