काठमाडौं । सरकारले आयकरको सीमा बढाएको छ । अर्थमनत्री जनार्दन शर्माले आइतबार संसदमा पेश गरेको आगामी आर्थिक वर्ष २०७९८० को बजेट मार्फत आयकरको सीमा बढाएका हुन् ।
अर्थमन्त्री शर्माका अनुसार अब एकललाई ५ लाख र दम्पतिको हकमा ६ लाखसम्म आम्दानी गर्नेलाई १ प्रतिशत मात्र कर लाग्ने छ। यसअघि एकलको हकमा ४ लाख र दम्पतिको हकमा साढे ४ लाख थियो।
नयाँ कर साउन १ गतेदेखि लागू हुने छ । यस्तै, बीमा प्रिमियमबाट कर छुट हुने सीमा २० हजारबाट बढाएर ४० हजार रुपैयाँ पुर्याएको छ।