काठमाडौं । सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रमको पुनर्र्संरचना गर्ने भएको छ ।
आइतबार अर्थमन्त्री जनार्दन शर्माले संघीय संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०७९/८० को बजेट पेश गर्दै उक्त घोषणा गरेका हुन् ।
आगामी आवमा उक्त कार्यक्रमका लागि सरकारले ७ अर्ब ५ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । सीपमूलक व्यवसायिक तालिम उपलब्ध गराइने उनले बताए ।
रोजगारी, सिप विकास र उद्यमशीलतासँग सम्बन्धित कार्यक्रमहरुको प्रभावकारिता अध्ययन गरी एकीकृत रुपमा कार्यान्वयन गरिने सरकारको योजना रहेको छ । चालु आर्थिक वर्षमा यस कार्यक्रमका लागि १२ अर्ब रुपैयाँ बजेट विनियोजन गरिएको थियो ।