काठमाडौं । सरकारले आगामी वर्षमा विमानस्थल निर्माणका लागि १२ अर्ब रुपैयाँ बजेट विनियोजन गरेको छ ।
आइतबार अर्थमन्त्री जनार्दन शर्माले संघीय संसदको संयुत्तः वैठकमा पेश गरेको आर्थिक वर्ष २०७९/८० को बजेटमा उक्त रकम विनियोजन गरिएको हो ।
निर्माण सम्पन्न भएका क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलहरु पूर्ण सञ्चालनमा ल्याउन आवश्यक प्रबन्ध मिलाइने सरकारको योजना रहेको छ ।
चन्द्रगढी, विराटनगर, राजविराज, जनकपुर, सिमरा, भरतपुर, नेपालगञ्ज र धनगढी विमानस्थलमा सुविधाजनक टर्मिनल निर्माण गर्ने कार्य सुरु गरिने नीति तथा कार्यक्रममा उल्लेख छ । सुर्खेतको भेरीगंगा रामघाटमा नयाँ प्रादेशिक विमानस्थल निर्माण गर्न सुरु गरिने सरकारको योजना रहेको छ ।