काठमाडौं । सरकारले मासिक १० करोड रुपैयाँ बराबरको विद्युत खपत गर्ने उद्योगलाई विद्युत महशुलमा २ देखि १५ प्रतिशतसम्म छुट दिने घोषणा गरेको छ ।
आइतबार अर्थमन्त्री जनार्दन शर्माले आर्थिक वर्ष २०७९/८० को बजेट प्रतिनिधि सभामा प्रस्तुत गदै यस्तो बताएका हुन् ।
स्वदेशी उत्पादनलाई वृद्धि गर्न, वैदेशिक लगानी आकर्ष गरेर निर्यातमा योगदान पुर्याउने यस्ता उद्योगहरुलाई प्राथमिकता दिइने उनले बताए ।