रसायनिक मल किन्न १५ अर्ब विनियोजन

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षमा रसायनिक मल खरिदका लागि १५ अर्ब रुपैयाँ बजेट विनियोजन गरेको छ ।

 

अर्थमन्त्री जनार्दन शर्माले आज संघीय संसदको संयुक्त बैठकमा पेश गरेको आर्थिक वर्ष २०७९/८० को बजेटमा उक्त रकम विनियोजन गरिएको हो ।

 

रसायनिक मलको आपूर्ति सुनिश्चित गर्ने बजेट ल्याइएको हो । देशभर कुल ५ लाख २० हजार मेट्रिकटन रसायनिक मल आवश्यक पर्छ । किसानले हरेक वर्ष मल आभावमै खेती गर्नुपर्ने बाध्यता रहेको छ । सरकारले अझै पनि मलको उपलब्धतालाई सहज बनाउन सकेको छैन ।

 

भन्सार विभागको तथ्यांक अनुसार चालु आवको चैत मसान्तसम्ममा १३ अर्ब २८ करोड ४२ लाख रुपैयाँ बराबरको मल आयात भएको छ । सो मूल्यमा १६ करोड ४२ लाख ९५ हजार ३९९ केजी मल आयात भएको तथ्यांकले देखाएको छ ।

उद्योग स्थापना गर्न ५० वर्षसम्म जग्गा लिजमा दिने Read Previous

उद्योग स्थापना गर्न ५० वर्षसम्म जग्गा लिजमा दिने

मासिक १० करोडको विद्युत खपत गर्ने उद्योगलाई १५ प्रतिशतसम्म छुट Read Next

मासिक १० करोडको विद्युत खपत गर्ने उद्योगलाई १५ प्रतिशतसम्म छुट