काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०७९/८० को लागि बजेट आज संसदमा पेश गरेको छ । अर्थमन्त्री जनार्दन शर्माले पेश गरेको बजेट विशेषत आर्थिक संकटबाट बाहिर निकाल्न केन्द्रित रहेको उल्लेख छ ।
भेन्चर क्यापिटल मार्फत उद्योग खोल्न लगानी गर्ने, ७ वटै प्रदेशमा विजनेश इन्कुभेसन सेन्टर स्थापना गर्ने, करारमा बस्तु तथा सेवा किन्न सकिने, जडीबुटी प्रशोधन उद्योग खोल्दा थप प्रोत्साहन गर्ने, जडीबुटी खेतीको बीमा, तेल, दाना जस्ता उद्योगलाई प्राथमिकता दिइने बजेटमा उल्लेख छ ।
निजी क्षेत्रलाई विशेष उद्योग खोल्न प्रोहोत्साहन र सहुलियत दिइने, रबर र कपास खेतीलाई लगानी गर्न रकम दिने, १०५ वटा औद्योगीक ग्रामको काम अगाडि बढाइने, भैरहवा र सिमराको विशेष क्षेत्रलाई पूर्ण क्षमतामा संचालन गर्ने बजेटमा उल्लेख छ । यी सबै कामको लागि ३ अर्ब ८९ करोड विनियोजन गरिएको छ