बजेटमा कृषि प्राथमिकतामा : ५१० पालिकामा पशु गर्भाधान केन्द, पशुपन्छी बीमामा ८०% अनुदान

काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०७९/८० को लागि बजेट आज संसदमा पेश गरेको छ । अर्थमन्त्री जनार्दन शर्माले पेश गरेको बजेट विशेषतः आर्थिक संकटबाट बाहिर निकाल्न केन्द्रीत रहेको उल्लेख छ ।

 

कृषि उत्पादनको आयात ३० प्रतिशतले घटाउने लक्ष्यसहित सरकारले कृषिमा निकै महत्वकांक्षी योजना तयार गरेको छ । किसानलाई कर्जा दिन ५ अर्बको लघुवित्त कोष स्थापना गर्ने बजेटले घोषणा गरेको छ ।

 

प्रधानमन्त्री कृषि परियोजनादेखि किसानलाई सहुलियत दिने, बीउ उत्पादन र वितरण, रासायनिक मलदेखि प्रङ्गारिक मल उत्पादन र वितरणमा सरकारले लगानी गर्ने बजेटमा घोषणा गरिएको छ ।

 

देशको ५१० स्थानीय निकायमा पशु गर्भाधान केन्द्र स्थापना गर्ने, एक वर्षमा २ लाख गाई र २ लाख भैसीलाई उच्च नश्लको गर्भाधान गराउने, पशुपंक्षी बीमालाई ८० प्रतिशतसम्म अनुदान दिने घोषणा बजेटले गरेको छ ।

 

उखु उत्पादकलाई अनुदान, चिनीमा आतमनिर्भर, कोल्ड स्टोर निर्माणमा लगानी, कृषि शिक्षाको लागि थप लगानी गर्ने, मुगु, जुम्ला र कालिकोट क्षेत्रमा विशेष कार्यक्रम गर्ने विषय कृषिमा सम्बोधन भएका छन् । कृषिको लागि ५५ अर्ब ९७ करोड रुपैयाँ विनियोजन भएको छ ।

५ खर्बको लघुवित्त कोष स्थापना गरिने Read Previous

५ खर्बको लघुवित्त कोष स्थापना गरिने

सातै प्रदेशमा बिजनेश इन्कुभेसन सेन्टर स्थापना गर्ने, १०५ औद्योगिक ग्राम निर्माण अघि बढाइने Read Next

सातै प्रदेशमा बिजनेश इन्कुभेसन सेन्टर स्थापना गर्ने, १०५ औद्योगिक ग्राम निर्माण अघि बढाइने