काठमाडौं । सरकारले कृषि उद्यम कर्जा सहज तरिकाले उपलब्ध गराउन ५ खर्ब रुपैयाँको लघुवित्त कोष स्थापना गर्ने भएको छ ।
अर्थमन्त्री जनार्दन शर्माले आज संसदमा प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०७९/८० को बजेटमा यस्तो उल्लेख गरिएको हो ।
उक्त कोषमा बैंक तथा वित्तीय संस्थाहरुले लगानी गर्ने कर्जामध्येबाट निश्चित रकम छुट्याउनु पर्नेछ ।