काठमाडौं । हिमालयन रि–इन्स्योरेन्सको चालु आर्थिक वर्षको चैतसम्ममा झन्डै २० करोड खुद नाफा कमाएको छ ।
कम्पनीले आइतबार सर्वजनिक गरेको चालु आर्थिक वर्षको तेस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण अनुसार १९ करोड ६४ लाख रुपैयाँ खुद नाफा कमाएको छ।
हिमालयनले चालु आवको दोस्रो त्रैमाससम्म इन्स्योरेन्सको १२ करोड ४७ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । समीक्षा अवधिमा इन्स्योरेन्सले ४७ करोड ४९ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ ।
समीक्षा अवधिमा हिमालयनले बीमा दाबीबापत खुद १ करोड ४६ लाख रुपैयाँ भुक्तानी दिएको छ भने ७ करोड ९२ लाख रुपैयाँ भुक्तानीदिन बाँकी छ ।
हाल ७ अर्ब रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको जगेडा कोषमा २० करोड रुपैयाँ र बीमा कोषमा ४८ लाख रुपैयाँ सञ्चित छ। यस्तै, महाविपत्ति कोषमा ४ लाख ६० हजार रुपैयाँ छ ।
चुक्ता पूँजी वृद्धि गर्न हिमालयनले निकट भविष्यमै ३ अर्ब रुपैयाँ बराबरको आइपीओ निष्काशन गर्ने तयारी गरेको छ । आइपीओपछि कम्पनीको चुक्ता पूँजी १० अर्ब रुपैयाँ पुग्नेछ ।