पोखराबाट जोमसोम उडेको तारा एयरको जहाज सम्पर्कविहीन

काठमाडौं । पोखराबाट जोमसोम उडेको तारा एयरको जहाज सम्पर्कविहीन भएको छ । १९ जना यात्रु लिएर बिहान ९:५५ बजे उडेको ९ एनएईटी ट्वीनअटर जहाज सम्पर्कविहीन भएको हो ।

 

जहाजमा १३ जना नेपाली, ४ जना भारतीय र २ जना विदेशी नागरिक सवार थिए ।उक्त विमानमा क्याप्टेन प्रभाकरप्रसाद घिमिरे, को-पाइलट इतासाप पोखरेल र एयर होस्टेज कास्मी थापा थिए ।

 

उडेको २५ देखि ३० मिनेटमा अवतरण हुनु पर्ने उक्त विमान अहिलेसम्म सम्पर्कमा नआएको तारा एयरका अधिकारीहरुले बताएका छन् ।

मध्यपहाडी क्षेत्रका १० 'नयाँ सहर' बजेटको प्राथमिकतामा Read Previous

मध्यपहाडी क्षेत्रका १० 'नयाँ सहर' बजेटको प्राथमिकतामा

३ अर्बको आइपीओ ल्याउन लागेको हिमालयन रि-इन्स्योरेन्सको नाफा २० करोड Read Next

३ अर्बको आइपीओ ल्याउन लागेको हिमालयन रि-इन्स्योरेन्सको नाफा २० करोड