काठमाडौं । पोखराबाट जोमसोमका लागि उडेर सम्पर्कविहीन तारा एयरको जहाजमा चालकदलका सदस्यसहित कुल २२ जना रहेको खुलेको छ ।
बिहान ९:५५ बजे उडेको ‘९ एन एईटी’ ट्वीनअटर जहाजमा चालक दलका ३ सदस्यसहित १६ जना नेपाली र ६ विदेशी (४ भारतीय र २ अन्य देशका) नागरिक थिए ।
उक्त जहाजमा चालक दलकमा क्याप्टेन प्रभाकरप्रसाद घिमिरे, को(पाइलट इतासाप पोखरेल र एयर होस्टेज कास्मी थापा थिए ।
यात्रुहरु इन्द्रबहादुर गोले, पुरुषोत्तम गोले, राजनकुमार गोले, मिक ग्र्याट, वसन्त लामा, गणेशनारायण श्रेष्ठ, रवीना श्रेष्ठ, रस्मी श्रेष्ठ, रोजिना श्रेष्ठ, प्रकाश सुनुवार, मकरबहादुर तामाङ, राममाया तामाङ, सुकुमाया तामाङ, तुल्सादेवी तामाङ, अशोककुमार त्रिपाठी, धनुष त्रिपाठी, ऋतिका त्रिपाठी, युवी विल्नर र वैभवी बाण्डेकर रहेका छन् ।