स्वचालित मूल्यमा बेच्दा पेट्रोलको भाउ कति पुग्छ ?

काठमाडौं । सरकारले पेट्रोलियम पदार्थ स्वचालित मूल्य प्रणालीमा बेच्ने भएको छ । अहिले इन्धन खरिद मूल्यभन्दा कममा बेच्दा नेपाल आयल निगम घाटामा चुर्लुम्मै डुबेपछि सरकारले परल मूल्यमै बेच्ने व्यवस्था गर्न लागेको हो ।

 

मंगलबार संघीय संसदको संयुक्त बैठकमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रस्तुत गरेको सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा उक्त कुरा उल्लेख छ । सम्भवतः उक्त व्यवस्था बजेट घोषणा (जेठ १५)पछि कार्यन्वयनमा आउने छ ।

 

स्वचालित मूल्य कार्यन्वयनमा आएपछि निगमले भारतबाट इन्धन खरिद गर्दा लागत जति पर्छ सोही मूल्यमा यहाँ विक्री गर्नेछ । निगमले अहिले लागत मूल्यभन्दा कममा घाटा खाएर इनधन बेच्दै आएको छ ।

 

अहिले निगमलाई डिजेल, पेट्रोल र खाना पकाउने एलपी ग्यासमा ठूलो नोक्सानी रहेको छ । यद्यपि, मट्टीतेल र हवाई इन्धनमा भने नाफा छ ।

 

सरकारले विभिन्न शिर्षकमा अशुल्ने कर, ढुवानी भाडा, निगमको प्रशासनिक खर्च, डिलरको नाफा जोड्दो इन्धनको भाउ खरिद मूल्यभन्दा ५० प्रतिशतभन्दा धेरै महँगिने गरेको छ ।

 

निगमले हाल पेट्रोल ११७.१८ रुपैयाँमा किनेर १८० रुपैयाँ, डिजेल १३४.५४ रुपैयाँमा किनेर १६३ र एपी ग्यास २००८.१५ रुपैयाँमा किनेर १८०० रुपैयाँमा बेच्दै आएको छ । यसरी किनेभन्दा धेरैमा बेच्दा पनि अहिले पेट्रोलमा प्रतिलिटर १४.६४ रुपैयाँ, डिजेलमा प्रतिलिटर २६.८२ रुपैयाँ र एपी ग्यासमा प्रतिसिलिण्डर ८७९.७५ रुपैयाँ घाटा रहेको निगमले जनाएको छ ।

 

पछिल्लो मूल्य सूची अनुसार पेट्रोलको लागत मूल्य प्रतिलिटर १९४.६८ रुपैयाँ, डिजेल १८९.८२ रुपैयाँ रहेको छ । अब स्वचालित प्रणाली अनुसार बेचेमा पेट्रोल प्रतिलिटर १९५ र डिजेल १९० रुपैयाँ पुग्नेछ ।

 

हरेक १५१५ दिनमा भारतबाट नयाँ मूल्य सूची आउने गर्छ । स्वचालित मूल्य प्रणाली लागू हुँदा नेपालमा पनि सोही अनुसार इन्धनको विक्री मूल्य तय हुन्छ ।

 

भारतले लगायो चिनी निर्यातमा रोक Read Previous

भारतले लगायो चिनी निर्यातमा रोक

नेप्सेमा लगातार दोहोरो अंकको वृद्धि, यी हुन् धेरै मूल्य बढ्ने १० कम्पनी Read Next

नेप्सेमा लगातार दोहोरो अंकको वृद्धि, यी हुन् धेरै मूल्य बढ्ने १० कम्पनी