भारतले लगायो चिनी निर्यातमा रोक

काठमाडौं । भारतले चिनी निर्यातमा रोक लगाउने भएको छ । यही जेठ १८ जेठ (जुन १ तारिख)देखि कार्यान्वयन हुनेगरी भारतले आफ्नो मुलुकबाट हुने चिनी निर्यातमा रोक लगाउने निर्णय गरेको हो ।

 

इकोनोमिक्स टाइम्सका अनुसार भारतको वैदेशिक व्यापार महानिर्देशनालयले ४ महिना (जुन १ देखि अक्टोबर ३१ सम्म)का लागि चिनी र चिनी उत्पादनमा प्रयोग हुने सबै कच्चा पदार्थ निर्यातमा रोक लगाउने निर्णय गरेको हो ।

 

पछिल्लो समय रुस–युक्रेन युद्धका कारण अन्तर्राष्ट्रिय स्तरमै आपूर्ति शृंखला बिग्रिए पछि विभिन्न देशले त्यसको असरबाट आफ्नो मुलुकलाई बचाउन खाद्यान्न जोहो गर्न निर्यातमा रोक लगाउन थालेका छन् ।

 

यसैक्रममा, भारतले दुईसाता अघि मात्र गहुँ निर्यातमा प्रतिबन्ध लगाएको थियो । त्यस्तै, भारतले फलामको कच्चा पदार्थ स्पन्ज आइरनको निर्यातमा कर वृद्धिको निर्णय गरेको थियो ।

 

भारतले चिनी निर्यातमा रोक लगाएसँगै नेपालमा पनि त्यसको प्रत्यक्ष प्रभाव पर्ने भएको छ । नेपाल चिनीमा परनिर्भर रहेको र भारतले निर्यातमा रोक लगाएसँगै नेपालमा मूल्य वृद्धि हुने देखिन्छ ।

भायानेटको २०० एमबीपीएस इन्टरनेट ९९९ रुपैयाँमा Read Previous

भायानेटको २०० एमबीपीएस इन्टरनेट ९९९ रुपैयाँमा

स्वचालित मूल्यमा बेच्दा पेट्रोलको भाउ कति पुग्छ ? Read Next

स्वचालित मूल्यमा बेच्दा पेट्रोलको भाउ कति पुग्छ ?