भायानेटको २०० एमबीपीएस इन्टरनेट ९९९ रुपैयाँमा

काठमाडौं । इन्टरनेट सेवा प्रदायक भायानेट कम्युनिकेसनले विद्यमान अल्ट्रा–फाई लाइनका प्रोडक्टहरुमा आकर्षक परिमार्जन ल्याएको छ ।

 

कम्पनीले २०० एमबीपीएस इन्टरनेट मासिक ९९९ रुपैयाँमा उपलब्ध गराउने भएको हो । १७५ प्लस लाइभ टीभी च्यानलहरूको फाइदा लिन चाहने ग्राहकले सोही योजनाको भायाटीभी सहितको बन्डल पनि प्रतिमहिना १ हजार १०० रुपैयाँमा लिन सक्ने कम्पनीले जनाएको छ ।

 

दुवै योजनाहरूमा ५०० थपी डुअल ब्याण्ड राउटर, निस्शुल्क जडान र प्रथम सेट टप बक्स प्राप्त गर्न सकिनेछ । यो प्याकेज मार्फत भायानेटले बिनाटीभी उच्च गुणस्तरको इन्टरनेट खोज्ने र आफ्नो इन्टरनेटको साथमा अत्याधुनिक आईपीटीभी सेवा चाहने दुवै किसिमका ग्राहकको चाहना पूरा गर्ने लक्ष्य लिएको छ ।

 

त्यस्तै अझ बढी स्पिड र थप टिभी लिन चाहने ग्राहकका लागि कम्पनीले दुई ओटा भायाटीभी सहित २५० एमबीपीएस र तीन ओटा भायाटीभीसहित ३०० एमबीपीएस वार्षिक सदस्यता शुल्क क्रमशः प्रतिमहिना १ हजार २५० र १ हजार ५०० मा उपलव्ध गराउने भएको छ ।

 

कम्पनीले आफ्ना विद्यमान अल्ट्रा-फाइ ग्राहकहरूको अल्ट्रा-फाइ योजनाहरूमा पनि कम्पनीको पोलिसी अनुसार अपग्रेड गरिसकेको छ। यी परिमार्जनहरूसँगै भायानेटले अल्ट्रा-फाइलाई बजारमा उपलब्ध सबैभन्दा आकर्षक इन्टरनेट योजनाहरूमध्ये एक बनाउने लक्ष्य राखेको छ।

‘स्वदेशी वस्तु उत्पादन र उपभोगको दशक’को घोषणा सकारात्मक : परिसंघ Read Previous

‘स्वदेशी वस्तु उत्पादन र उपभोगको दशक’को घोषणा सकारात्मक : परिसंघ

भारतले लगायो चिनी निर्यातमा रोक Read Next

भारतले लगायो चिनी निर्यातमा रोक