नेप्सेमा लगातार दोहोरो अंकको वृद्धि, यी हुन् धेरै मूल्य बढ्ने १० कम्पनी

काठमाडौं । सेयर बजारमा लगातार दोहोरो अंकको वृद्धि भएको छ । मंगलबार १६ अंकले बढेको नेप्से आज १४ अंकले बढेको हो । पछिल्ला दुई कारोबार दिनमा नेप्से ३० अंकले बढेको छ ।

 

सूचकमा सुधार आए पनि आज कारोबार रकममा भने झिनो गिरावट आएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम ४ करोडले घटेर १ अर्बमा सीमित भएको छ ।

 

बुधबार नेप्से १४.३७ अंकले बढेर २२३१.५७ विन्दुमा पुगेको छ । यसदिन २२६ कम्पनीको १ अर्ब ४ करोड ४६ लाख २६ हजार ९३९ रुपैयाँ बराबरको २६ लाख ९४ हजार ४२९ कित्ता सेयर किनबेच भएको छ ।

 

आज कारोबारमा आएका १३ वटै समूहको परिसूचकमा हरियाली छाएको छ । व्यापार समूह सबैभन्दा धेरै १.५३ प्रतिशतले बढेको छ । त्यस्तै, हाइड्रोपावर र निर्जीवन बीमा समूह पनि १ प्रतिशतभन्दा धेरैले बढेको छ ।

 

आज माथिल्लो तामाकोशीको सर्वाधिक कारोबार भएको छ । यसको सवा ८ करोड रुपैयाँ बढीकोे सेयर किनबेच भएको छ । त्यसैगरी, अरुण काबेली साढे ४ अर्ब र नबिल बैंक ३ करोड बढीको कारोबार हुँदै शीर्ष तीनमा रहे ।

 

दोहोरो अंकले बढेको बजारमा आज बलेफी हाइड्रोपावरको सेयर मूल्य सबैभन्दा धेरै ५.९२ प्रतिशतले बढेको छ । त्यसैगरी, मैलुङ खोला ५.८४, सिंगटी हाइड्रो ५.३३, गुराँस लघुवित्त ५.२२, नेपाल इन्स्योरेन्स, लुम्बिनी जनरल इन्स्योरेन्स, अपर तामाकोशी र जाल्पा लघुवित्तको सेयर मूल्य ४ प्रतिशतले बढेको छ ।

 

त्यस्तै, महुली लघुवित्त र तेह्रथुम पावरका सेयरधनीले साढे ३ प्रतिशत कमाएका छन् । बढ्दो बजारमा आज कर्पोरेट डेभलपमेन्ट बैंकका सेयरधनीले भने सबैभन्दा धेरै ७.१३ प्रतिशत गुमाएका छन् ।

स्वचालित मूल्यमा बेच्दा पेट्रोलको भाउ कति पुग्छ ? Read Previous

स्वचालित मूल्यमा बेच्दा पेट्रोलको भाउ कति पुग्छ ?

सरकारको नीति तथा कार्यक्रम : कृषि र उद्यममा खुलेको, आर्थिक संकट भुलेको Read Next

सरकारको नीति तथा कार्यक्रम : कृषि र उद्यममा खुलेको, आर्थिक संकट भुलेको