एक सातामै दोस्रो पटक बढ्यो गाडी भाडा, कुन गन्तव्यको कति ? (भाडादरसहित)

काठमाडौं । सरकारले अन्तर प्रदेश चल्ने सार्वजनिक यातायातमा भाडा पुनः वृद्धि गरेको छ । यसअघि भाडा बढेको एक सातामै पुनः भाडादर वृद्धि भएको हो ।

 

यात्रुवाहक सवारीसाधनमा २.१ प्रतिशत भाडा बढाइएको हो । गत साता भाडादर निर्धारण गर्दाको भन्दा अहिले डिजेल प्रतिलिटर १० रुपैयाँले वृद्धि भएपछि त्यसैका आधारमा भाडादर बढाउने निर्णय भएको यातायात व्यवस्था विभागले जनाएको छ ।

 

पहाडी बाटोमा चल्ने मालवाहक सवारीसाधनमा २.७ प्रतिशत र तराईको सडकमा सञ्चालन हुने मालवाहक सवारीसाधनमा ३ प्रतिशत भाडा बढाइएको छ ।

 

वैज्ञानिक भाडा समायोजन प्रणालीमा इन्धनको मूल्य ५ प्रतिशत वा सोभन्दा बढीले घटेमा वा बढेमा स्वचालित रुपमा भाडादर परिवर्तन हुने उल्लेख छ । पछिल्लो पटक यही जेठ ४ गते भाडादर समायोजन गरिएको थियो । त्यतिबेला डिजेलको मूल्य १५३ रहेकामा हाल १६३ रुपैयाँ कायम भएको छ ।

 

७४५ पालिकाको नतिजा सार्वजनिक : कांग्रेस बन्यो सबैभन्दा ठूलो दल, कुनले कति जिते ? Read Previous

७४५ पालिकाको नतिजा सार्वजनिक : कांग्रेस बन्यो सबैभन्दा ठूलो दल, कुनले कति जिते ?

'गेम चेञ्जर' ५ जलविद्युत् आयोजना अघि बढाइँदै, कुन कति मेगावाटको ? Read Next

'गेम चेञ्जर' ५ जलविद्युत् आयोजना अघि बढाइँदै, कुन कति मेगावाटको ?