७४५ पालिकाको नतिजा सार्वजनिक : कांग्रेस बन्यो सबैभन्दा ठूलो दल, कुनले कति जिते ?

काठमाडौं । वैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनको मतगणना अन्तिम चरणमा पुगेको छ । ७५३ पालिका मध्ये बुधबार बिहान ७:४५ बजेसम्म ७४५ पालिकाको नतिजा सार्वजनिक भएको छ ।

 

जसमा नेपाली कांग्रेसले ३२४ पालिका जित्दै सबैभन्दा ठूलो दल बनेको छ । त्यसैगरी, कांग्रेसलाई पछ्याइरहेको नेपाल कम्युनिष्ट पार्टी (एमाले) २०३ पालिकामा जित हात पार्दै दोस्रो स्थानमा रहेको छ ।

 

त्यस्तै, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) १२१, जनता समाजवादी पार्टी ३०, नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) २०, लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल १६ र अन्य दल तथा स्वतन्त्रले ३० पालिकामा जित हात पारेका छन् ।

 

अन्य पालिकाहरुको पनि मतगणना अन्तिम चरणमा पुगेको छ । अहिले मतगणना भइरहेका पालिकामध्ये कांग्रेस ५, एमाले २ र अन्यले १ पालिकामा अग्रता लिएका छन् ।

काठमाडौं महानगर अपडेट : १ लाख ६९ हजार मत गन्दा कसले कति पाए ? Read Previous

काठमाडौं महानगर अपडेट : १ लाख ६९ हजार मत गन्दा कसले कति पाए ?

एक सातामै दोस्रो पटक बढ्यो गाडी भाडा, कुन गन्तव्यको कति ? (भाडादरसहित) Read Next

एक सातामै दोस्रो पटक बढ्यो गाडी भाडा, कुन गन्तव्यको कति ? (भाडादरसहित)